होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • तीन वर्ष भित्र सबै भूमिहीन दलितलाई आवास
अर्थ

तीन वर्ष भित्र सबै भूमिहीन दलितलाई आवास

  • नागरिक रैबार
तीन वर्ष भित्र सबै भूमिहीन दलितलाई आवास

सरकारले तीन वर्ष भित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो ।

त्यसैगरी बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य पनि बजेटमा समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताए ।

उनले भने, ‘आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने । आगामी वर्ष निर्यात दोब्बर गर्ने । आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने । मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने । भूमिहिन दलितलाई आगामी ३ वर्षभित्र आवास उपलब्ध गराउने, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिवीको रेखाबाट माथि ल्याउने । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकांक ०.६५ पु¥याउने ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार