होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेनाको टोली मानापाथी हिमालतर्फ परिचालन
समाचार

सेनाको टोली मानापाथी हिमालतर्फ परिचालन

सैनिक प्रवक्ता भन्छन्– ‘विमान भेटिएको आधिकारिक पुष्टि भएको छैन’

  • नागरिक रैबार
सेनाको टोली मानापाथी हिमालतर्फ परिचालन

तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले  बताए ।

सेनाको टिम जाँदै गरेको मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ । सैनिक टोली जाँदै गरेको ठाउँबाट लाङ्को खोलाको मुहान शुरु हुन्छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । हेलिकप्टरमा पोखरास्थित मध्यकमाण्डका जर्नेल नेतृत्वमा उद्धारकर्मी छन् ।

विमानको खोजीमा ४ वटा पैदल टिमलाई मानापाथी हिमालको पहिरोतर्फ डाईभट गरिएको सहायकरथी सिलवालले जानकारी दिए । उनले भने– ‘सकेसम्म चाँडो पुग्न भनेका छौं, लगातार वर्षा र कुहिरोका कारण खोजी कार्य असहज भएको छ ।’

विज्ञापन

फौज पुगेर नहेरेसम्म विमान भेटिएको पुष्टि नहुने सहायकरथी सिलवालले बताए । यसअघि विमान थासाङ गाउँपालिकास्थित लेतेमा हुनसक्ने आशंका गरिएको थियो । तर, लेतेमा विमान भेटिएन । बाक्लो हुस्सुका कारण सम्भावित ठाउँमा हेलिकप्टर जान सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि