होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • भारतमा एउटै परिवारमा बिहे भएका ३ दिदी-बहिनी र उनीहरुका २ बच्चा मृत फेला परे
स्वास्थ्य-जीवनशैली

भारतमा एउटै परिवारमा बिहे भएका ३ दिदी-बहिनी र उनीहरुका २ बच्चा मृत फेला परे

  • नागरिक रैबार
भारतमा एउटै परिवारमा बिहे भएका ३ दिदी-बहिनी र उनीहरुका २ बच्चा मृत फेला परे

काठमाडौं । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, २० वर्षीया कमलेश मिणा छन् । उनीहरुसँगै एकजना शिशु र एकजना चार वर्षीय बच्चाको पनि शव फेला परेको छ । ममता र कमलेश गर्भवती थिए ।

ती तीन दिदी–बहिनीको बिहे एउटै परिवारमा भएको थियो । उनीहरुको शव शनिबार फेला परेको र शव भेटिएपछि गाउँमा त्रासको वातावरण रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

विज्ञापन

समाचारमा लेखिएअनुसार मृत भेटिएका सबै पाँच जना २५ मेदेखि सम्पर्कविहीन थिए । परिवारका सदस्यहरुले उनीहरु हराएको सूचना प्रहरीलाई दिएका थिए । तर शनिबार बिहान एक इनारमा उनीहरु पाँचै जनाको शव फेला परेको थियो ।

जयपुर प्रहरीका एसपी मनिष अग्रवालका अनुसार शवमा चोटपटक लागेको नदेखिएकाले उनीहरुले सामूहिक रुपमा आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

तीन दिदी–बहिनीहरुमध्ये एकजनाले २५ मेको दिनमै सामाजिक सन्जालमा ‘बाँच्ने इच्छा नभएको’ लेखेकाले पनि आत्महत्या नै हुन सक्ने प्रहरीको अनुमान छ ।

ती दिदी–बहिनीहरुलाई श्रीमान र घरका अन्य सदस्यहरु मिलेर कुटपिट गर्दै आएको कारण उनीहरुले सामूहिक आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीले मृत फेला परेका तीन दिदी–बहिनीका तीनैजना श्रीमान, सासू र नन्दलाई नियन्त्रणमा लिएको छ ।

यो घटनाको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत अशोक चौहानका अनुसार सन् २००५ मा उनीहरुको बिहे भएको थियो । तर बिहे गर्ने उमेर पूरा भएपछि मात्रै उनीहरु आ–आफ्ना श्रीमानसँग बस्न थालेका थिए ।

तर २५ मेदेखि उनीहरु सम्पर्कविहीन भएको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो । एसपी मनिष अग्रवालले भनेका छन्, ‘शवलाई हेर्दा प्रथम दृष्टिमै सामूहिक आत्महत्या देखिन्छ । यी महिलाहरुले आफ्ना बच्चासहित २५ मेको दिनमै इनारमा हाम फालेर आत्महत्या गरेको हुनसक्छ ।’

जयपुरका अतिरिक्त एसपी दिनेश शर्माले यो घटना दाइजोकै कारण भएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै