होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए,सबैभन्दा कम बझाङमा
समाचार

सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए,सबैभन्दा कम बझाङमा

  • नागरिक रैबार
सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए,सबैभन्दा कम बझाङमा

धनगढी, १२ साउन । सुदूरपश्चिम प्रदेशमा हालसम्म ७९ प्रतिशतले कोभिड–१९ विरूद्दको पूर्ण मात्राको खोप लगाएका छन ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको खोप सम्बन्धि सञ्चारकर्मीहरूसंगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रदेशमा कोभिड–१९ विरूद्दको पहिलो मात्रा ८३ प्रतिशतले लगाएका छन भने ३३ प्रतिशतले थप मात्रा लगाएका छन ।कञ्चनपुर जिल्लामा सबैभन्दा बढी ८७ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन भने सबैभन्दा कम बझाङमा लगाएका छन ।

कञ्चनपुरमा पहिलो मात्रा ९१ प्रतिशत र थप मात्रा ३२ प्रतिशतले लगाएका छन । बझाङमा ६५ प्रतिशतले पहिलो र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन ।

विज्ञापन

बाजुरा जिल्लामा सबैभन्दा बढीले पहिलो मात्राको खोप लगाएका छन । १०८ प्रतिशतले कोभिड–१९ विरूद्दको पहिलो मात्रामा खोप लगाएका छन । पूर्ण मात्रा ८६ प्रतिशतले लगाएका छन भने २२ प्रतिशतले थप मात्रा खोप लगाएका छन ।

दार्चुलामा ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८२ प्रतिशतले पहिलो मात्रा एवम् ३० प्रतिशतले थप मात्रा लगाएका छन् ।बैतडीमा पनि ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

डडेल्धुरामा ८४ प्रतिशत पूर्ण, ८२ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।डोटीमा ७८ प्रशिशतले पूर्ण, ७१ प्रतिशतले पहिलो र ३३ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

अछाममा ६५ प्रतिशतले पूर्ण, ५९ प्रतिशतले पहिलो र ३१ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा ७९ प्रतिशतले पूर्ण, ८६ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले थप मात्रा लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार