होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अत्तरियामा चक्काजाम !
समाचार

अत्तरियामा चक्काजाम !

  • नागरिक रैबार
अत्तरियामा चक्काजाम !

धनगढीः अत्तरियामा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले सडक किनारामा रोकिएको बसलाई जरिमाना कटाएको भन्दै विवाद भएपछि सवारी चालकहरुले चक्काजाम गरेका हुन्।काठमाण्डौं-महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिमाना कटाएपछि बस चालक र प्रहरीबीच विवाद भएको थियो। त्यसपछि प्रहरीले सवारी चालक श्यामराज जोशीलाई पक्राउ गरेको छ। उनलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले सडकमा चक्काजाम गरेका हुन्।

श्यामराज जोशीले पार्किङ निषेध क्षेत्रमा बस रोकेका थिए। बस चालक जोशीले सडक किनारामा गाडी रोकेको गल्ती स्विकार गरेर जरिमाना काटेपनि पक्राउ गरिएपछि आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुले बताएका छन्। तर, प्रहरीले भने जरिमाना काट्न खोज्दा अटेरी गरेपछि पक्राउ गरिएको बताएको छ। अहिले दुवै पक्षबीच सहमतिको लागि छलफल भइरहेको र सवारी आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै