होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्लोभाकिया पठाउने भन्दै ५ लाख ठगेको आरोपमा १ जना पक्राउ
समाचार

स्लोभाकिया पठाउने भन्दै ५ लाख ठगेको आरोपमा १ जना पक्राउ

  • नागरिक रैबार
स्लोभाकिया पठाउने भन्दै ५ लाख ठगेको आरोपमा १ जना पक्राउ

काठमाडौं । कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

उनले स्लोभाकिया जानका लागि ९ लाख रुपैयाँ लाग्छ र १ लाख ३० हजार रुपैयाँसम्म मासिक तलब हुन्छ भन्दै नवलपुरको कावासोती घर भई काठमाडौं बस्ने रोसन भण्डारीसहित ३ जनासँग ५ लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ ।

विज्ञापन

पक्राउ परेका पछाईलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगारी विभागमा पठाएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार