होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • काेल्टीमा अपुग खाद्यान्न ढुवानी गर्न नगरप्रमुख वोहोरोको अनुराेध
Breaking News

काेल्टीमा अपुग खाद्यान्न ढुवानी गर्न नगरप्रमुख वोहोरोको अनुराेध

कार्यालयमा मौजाद रहेको खाद्यान्न असोज सम्म पुग्ने दावी

  • नागरिक रैबार
काेल्टीमा अपुग खाद्यान्न ढुवानी गर्न नगरप्रमुख वोहोरोको अनुराेध

जीवन कैला, बाजुरा।  बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालयका प्रमुखसंग छलफल गरिएकाे छ । नगर प्रमुख वोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसंग खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिदै समस्या समाधानका लागि छलफल गरिएकाे हो । नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर वुढा र नुन डिपो प्रमुख जयराम रेग्मीसंग छलफल गर्दै नगर प्रमुख बाेहराले खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिनुका साथै अपुग नुन र चामल समयमै ढुवानी गर्न अनुराेध गरेका छन ।

स्थानियलाई खाद्यान्न र नुनका लागि समस्या नहोस भन्ने उदेश्यले दुवै डिपोका प्रमुखलाइ आफ्नो कार्यकक्षमा वोलाएर खाद्यान्न प्रयाप्त भए नभएको वारे जानकारी लिदै अपुग छ भने चाडो ढुवानि गर्नु पर्ने बताएका छन । वर्खा लागि सकेकाले पछि खाद्यान्न र नुन ढुवानिमा समस्या हुन सक्ने भन्दै उनले अपुग भए तत्काल ढुवानि गर्न निर्देशन दिएकाे नगरपालिकाले जनाएकाे छ । सडकको अवस्था राम्रो नभएकाले वर्षातको समयमा ढुवानि गर्न समस्या हुने भन्दै उहाँले कति आवश्यक पर्छ त्यो समयमै ढुवानि गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।

विगतका वर्षहरुका समस्या हामिले झेलिसकका छाैँ, यो वर्ष पनि सोहि समस्या नदोहोरीयला भन्न सकिन्न ? वारवार दोहोरीने समस्याले स्थानिय हैरानित वनेका नगर प्रमुख बाेहराले बताए । बर्षेनी सडक अवरुद्धका कारण खाद्यान्न ढुवानि नुहदा स्थानियले समयमा खाद्यान्न पाउन नसकेको स्मरण गर्दै बाेहराले यस वर्ष समयमै ढुवानि गरी वरु माैँज्जाद राख्न आग्रह गरेका छन ।

विज्ञापन

छलफलमा खाद्यान्न ढुवानि गर्नु पर्ने भए पनि नुन ढुवानि गर्नु पर्ने अवस्था नरहेको कर्मचारीले बताएका छन । नुन डिपो प्रमुख जयराम रेग्मीले यस वर्ष ९ सय ८० क्वीन्टल नुन वितरण हुने अनुमान गरीएको बताउनुभएको छ । ९ सय ५७ क्वीन्टल डिपोमा माैज्जाद रहेको र २३ क्वीन्टल ढुवानि हुने क्रममा रहेकोले यस वर्षका लागि नुन प्रयाप्त हुने बताएका छन् ।

ढुवानि हुन वाँकि रहेको नुन तत्काल ढुवानी भए पछि आउदो मंसिर सम्म पुग्ने कार्यालय प्रमुख रेग्मीको भनाई छ । नेपाल खाद्य संस्थान प्रमुख भीमबहादर वुढाले कार्यालयमा २ हजार ५ सय क्वीन्टल चामल माैँज्जाद रहेको बताएका छन । अहिले दैनिक सरदर वितरण हुने २० क्वीन्टलका दरले महिनामा ६ सय क्वीन्टल चामल आवश्यक पर्ने बुढाले बताएका छन् । यहि अनुपातमा चामल विक्रि वितरण भए साउन, भदौ र असोज गरी तिन महिनालाई पुगे पनि कार्तिकका लागि अपुग हुन सक्ने कार्यालय प्रमुख वुढाले बताएका छन । कार्यालयमा माैज्जाद रहेको चामल यस वर्षका लागि पुग्ने अनुमान गरीए पनि दैनिक २० क्वीन्टल भन्दा वढि विक्रि वितरण भएको खण्डमा केहि भन्न नसकिने उनको भनाई छ ।

गत वर्ष यति वेला १ हजार क्वीन्टल चामल माैज्जाद रहेको कार्यालयमा अहिले भने २ हजार ५ सय क्वीन्टल मौजाद रहेको कार्यालयले जनाएको छ । कोल्टीका लागि ५ हजार क्वीन्टल चामलको कोटा थपिए पनि मुल्य वृद्धि भएको भन्दै ठेकेदारले ढुवानि गर्न नमानेकाले समस्या भएको कार्यालय प्रमुख वुढाले बताएका छन । ६ महिना खान नपुग्ने बाजुरामा अधिकासंलाई खाद्यान्नको भर भए पनि समयमा उपलब्ध नहुदा वर्षेनि दुख पाउने गरेको स्थानियले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १६ मिनेट अगाडि