होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर सुदूरपश्चिममा एकैदिन ४ जनाको मृत्यु, एक घाइते
समाचार

चट्याङ लागेर सुदूरपश्चिममा एकैदिन ४ जनाको मृत्यु, एक घाइते

  • नागरिक रैबार
चट्याङ लागेर सुदूरपश्चिममा एकैदिन ४ जनाको मृत्यु, एक घाइते

धनगढी: मंगलबार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाएका छन्। कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ। यस्तै पुनर्वासकै एक महिलाले पनि चट्याङका कारण ज्यान गुमाएकी छिन्। पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेकी उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

विज्ञापन

यता कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार विहान ८ बजे कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको ज्यान गएको हो। घर नजिकै खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

यसैगरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते भएकी छिन्। उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि