होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता
समाचार

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता

  • नागरिक रैबार
सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता

सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।

जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेसक्याम्प तर्फ लागेका हुन् ।प्रहरीको अनुसन्धानबाट उनि तेङबोचेसम्म पुगेको थाहा भएको छ । चिकित्सकको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा ३ टोली परिचालन गरिएको डिएसपी शाहले जानकारी दिए । उनले भने–‘गोक्यो, थामबोचे र सगरमाथा अधार शिविरमा खोजी भइरहेको छ ।’

चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिँड्नुपर्छ ।

विज्ञापन

सगरमाथा आधार शिविर हिँडेकी कोरियन महिला पनि चैत ६ बाट बेपत्ता छिन् । नाम्चे बजार बाट चैत ६ मा आधार शिविर तर्फ लागेकी कोरियन नागरिक यियाेन हि ली अझै फेला परेकी छैनन् । कोरियन महिलाको खोजी भइरहेको डिएसपी शाहले  बताए । उनको खोजीमा आएको दक्षिण कोरियाको एउटा टिम फर्किएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै