होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे’
समाचार

‘ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे’

  • नागरिक रैबार
‘ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए । उनले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए ।

अध्यक्ष नेपालले आफूलाई इमान्दारीता र निष्‍ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए । अध्यक्ष नेपालले एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताए । उनले सबै महानगर र उपमहानगरमा उठ्नेहरूलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार