होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिवाईसी नेपालको आईपीओ बाँडफाँड, २१ लाख ६५ हजार आवेदकहरुको हात खाली
समाचार

सिवाईसी नेपालको आईपीओ बाँडफाँड, २१ लाख ६५ हजार आवेदकहरुको हात खाली

  • नागरिक रैबार
सिवाईसी नेपालको आईपीओ बाँडफाँड, २१ लाख ६५ हजार आवेदकहरुको हात खाली

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । विहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडबाट ३६ हजार ९४८ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, अधिकतम २१ लाख ६५ हजार ४१३ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेर ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर साधारण सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

जसमा कुल २२ लाख ५ हजार ६३३ जनाले आईपीओका लागि आवेदन दिएका थिए । जसमध्ये पनि ३ हजार २७२ जनाको आवेदन रद्द भएकोमा रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएकोमा ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि