होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय चुनावमा कुन जिल्लामा कति दल ? (विवरणसहित)
समाचार

स्थानीय चुनावमा कुन जिल्लामा कति दल ? (विवरणसहित)

  • नागरिक रैबार
स्थानीय चुनावमा कुन जिल्लामा कति दल ? (विवरणसहित)

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् ।७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।

राजनीतिक दल सम्बन्धी ऐनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने, अरु दललाई भने स्वतन्त्र उम्मेदवारसरह जुनसुकै चुनाव चिह्न दिन सकिने व्यवस्था छ । यो व्यवस्थाको दलहरुले विरोध गरेपछि अन्तत निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय गरेको छ ।

आयोगले राष्ट्रिय मान्यता नपाएका दलसँग जिल्लागत संगठन संरचना माग ग¥यो र त्यस आधारमा जिल्लागत आधारमा चुनावमा प्रतिस्पर्धा गर्न सक्ने दलको संख्या निकालेको छ ।

आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरुले बुझाएको जिल्लागत पार्टी संरचनाको विवरणको आधारमा दलीय चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

सबैभन्दा बढी काठमाडौंमा ४६ वटा दलले दलीय चुनाव चिह्न सहित चुनावमा भाग लिन पाउने भएका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा ११ वटा दलले चुनावमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

राष्ट्रिय दलको मान्यता पाएका ६ वटा बाहेकका अरु दल कुन जिल्लामा कति ?

ताप्लेजुङ : ९
पाँचथर : ८
इलाम : ११
संखुवासभा : ११
तेह्रथुम : ९
धनकुटा : १२
भोजपुर : १०
खोटाङ : १३
सोलुखुम्बु : १३
ओखलढुंगा : १३
उदयपुर : २२
झापा : ३०
मोरङ : ३३
सुनसरी : ३२
सप्तरी : २८
सिरहा : २६
धनुषा : २६
महोत्तरी : २०
सर्लाही : २९
रौतहट : ३०
बारा : २९
पर्सा : २७
दोलखा : १६
रामेछाप : १८
सिन्धुली : २०
काभ्रेपलाञ्चोक : २४
सिन्धुपाल्चोक : १९
रसुवा : १२
नुवाकोट : २२
धादिङ : २१
चितवन : २८
मकवानपुर : २४
भक्तपुर : २८
ललितपुर : ३१
काठमाडौं : ४०
गोरखा : १२
लमजुङ : १२
तनहुँ : १७
कास्की : २५
मनाङ : ५
मुस्ताङ : ५
पर्वत : १४
स्याङ्जा : १३
म्याग्दी : १४
बागलुङ : १३
नवलपरासी पूर्व : १६
नवलपरासी पश्चिम : २१
रुपन्देही : ३२
कपिलवस्तु : २१
पाल्पा : ९
अर्घाखाँची : ११
गुल्मी : ११
रुकुम पूर्व : ७
रोल्पा : ७
प्युठान : ९
दाङ : २१
बाँके : २३
बर्दिया : २०
रुकुम पश्चिम : ७
सल्यान : ७
डोल्पा : ५
जुम्ला : ८
मुगु : ९
हुम्ला : ९
कालीकोट : १४
जाजरकोट : ७
दैलेख : ८
सुर्खेत : १९
बाजुरा : ९
बझाङ : ७
डोटी : ९
अछाम : १०
दार्चुला : १०
बैतडी : १०
डडेलधुरा : १०
कञ्चनपुर : १९
कैलाली : २३

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि