धनगढीः सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका विद्यार्थीहरुले प्रिन्सीपलको कुर्सी जलाएका छन्। सोमबार विद्यार्थीहरुले प्रिन्सीपल कुम्भबहादुर चन्दको कुर्सी जलाएका हुन्।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विद्यार्थीहरुले प्रिन्सीपल चन्दको कुर्सी जलाएको बताइएको छ। विश्वविद्यालयको प्रांगणमा राजनितीक दलका भातृ संगठनका विद्यार्थीहरुले कार्यक्रम आयोजना गरेपछि क्रान्तिकारी निकट विद्यार्थीहरुले प्रिन्सीपलको कुर्सी जलाएको बताएका छन्।
संगठनका विद्यार्थीहरुले कमिटी गठन गर्ने क्रममा भएको होहल्ला नियन्त्रणमा लिन नसकेपछि प्रिन्सीपलको कुर्सी जलाएको अनेरास्वीयु क्रान्तिकारीले जनाएको छ। यता प्रिन्सीपल चन्दले यस विषयमा छानविन भइरहेको बताएका छन्।
फेसबुक प्रतिक्रियाहरु