होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्मचारीलाई निष्पक्ष सेवा दिन प्रदेश प्रमुख जाेशीकाे निर्देशन
समाचार

कर्मचारीलाई निष्पक्ष सेवा दिन प्रदेश प्रमुख जाेशीकाे निर्देशन

  • नागरिक रैबार
कर्मचारीलाई निष्पक्ष सेवा दिन प्रदेश प्रमुख जाेशीकाे निर्देशन

नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। गृह जिल्ला बाजुरा भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए।

तीन दिनदेखि गृह जिल्लामा रहेका प्रदेश प्रमुख जोशीले राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहजरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम कार्यान्वयमा महत्वपूर्ण भूमिका रहेको बताए। प्रदेश र सङ्घ सरकारले बनाएका नीति तथा ऐन सहजरुपमा नागरिकसम्म पु¥याउन कर्मचारीले इमान्दारिता देखाउनुपर्नेमा प्रदेश प्रमुख जोशीको जोड थियो।

कर्मचारी संयन्त्र स्थायी भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले बनेका नीति नियम, नियमावली र ऐन, कानूनबमोजिम सञ्चालित हुने भएकाले कार्यान्वयमा गर्नुपर्ने प्रमुख जोशीले आग्रह गरे।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार