होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उम्मेदवारको आ–आफ्नै अडानले अझै सुरु भएन मतगणना
समाचार

उम्मेदवारको आ–आफ्नै अडानले अझै सुरु भएन मतगणना

  • नागरिक रैबार
उम्मेदवारको आ–आफ्नै अडानले अझै सुरु भएन मतगणना

धनगढी : नेपाली काँग्रेसको जिल्ला अधिवेशनअन्तर्गत आज हुने भनिएको मतगणना अझै सुरु भएको छैन। आज बिहान १० बजेदेखि सुरु हुने भनिएको गणना १२ बजेसम्म पनि सुरु हुन नसकेको हो। चुनावमा उत्रिएका संस्थापन पक्षकै दुई उम्मेदवारबीच सहमति जुट्न नसक्दा गणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ।

सभापतिका उम्मेदवार नारायणदत्त भट्टले मतदान भएकै प्रक्रियाअनुसार निर्वाचन क्षेत्रअनुसार मतगाण्ना हुनुपर्ने अडाउन लिएका छन् भने अर्का उम्मेदवार प्रकाशबहादुर बमले सबै क्षेत्रको मत मिसाएर गणना हुनपर्ने बडान लिएका छन्। निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले उम्ेमदवारबीच अहिले पनि छलफल जारी रहेको बताए।

काँग्रेस कैलालीको नेतृत्वका लागि भट्ट, बमसंगै रामबहादुर कलेलले पनि उम्मेदवारी दिएका थिए। आइतबार साढे ७ बजे मतदान सम्पन्न भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार