होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडी, दार्चुला र बझाङका सात सय परिवारबाट २२ लाख असुली
समाचार

बैतडी, दार्चुला र बझाङका सात सय परिवारबाट २२ लाख असुली

  • नागरिक रैबार
बैतडी, दार्चुला र बझाङका सात सय परिवारबाट २२ लाख असुली

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा हलिया मुक्ति समाज पुर्नउत्थान कार्यक्रमको नाममा कार्यालय खोलेरै ठगी हुन थालेको छ। कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्वर ७ मा कार्यालय खोलेर सुचीकरणमा नपरेका परिवारलाई सुचिकरणमा पारिदिने र पुनःस्थापना गर्ने भन्दै ठगी भइरहेको हो।

गणेश लुहार, नरेश आउजी र कृष्ण लुहारलगायतका व्यक्ति गाउँगाउँबाट लाखौ रकम संकलन गरेर फरार भएका छन्। पहाडी जिल्ला दार्चुलाको मार्मा र सीमारका तीन सय परिवारबाट १० लाख ५० हजार, बैतडीको डिलाशैनीका २ सय परिवारबाट ७ लाख तथा बझाङको बुङ्गलका एक सय ५ परिवारबाट ३ लाख ६७ हजार ५ सय रकम संकलन गरेर ती व्यक्ति फरार भएका हुन्।

तीन हजार ५ सयको रसिद काटेर प्रत्येक व्यक्तिबाट रकम संकलन गरिएको बझाङ बुङ्गलकी पार्वता लुहारले बताइन्। ‘पुर्नउत्थानको नाममा २० लाख पाइने भन्दै रकम संकलन गरेर ती व्यक्ति अहिले सम्पर्कमा छैनन्,’ उनले भनिन्। गाउँगाउँमा समूह बनाएर रकम संकलन गरी अहिले संलग्न व्यक्ति फरार भएको भन्दै पीडितले विभिन्न संघसंस्थालाई गुहार्न थालेका छन्।

विज्ञापन

दलित परिवारबाट दलितकै साथीहरुले पुनःस्थापनाको नाममा एउटै गाउँबाट लाखौ रुपैयाँ संकलन गरेर अहिले सम्पर्कविहीन भएको बैतडीका स्थानीय हिरा दमाइले बताए। ‘महेन्द्रनगरमा रकम संकलनका लागि कार्यालय नै स्थापना गरेर गाउँगाउँमा समूह बनाएर ठगी भइरहेको छ,’ उनले भने।

हलियामुक्त घोषणा भएका १६ हजार ९५३ परिवारको पुनःस्र्थापना अहिलेसम्म भएको छैन। हलिया पुनःस्थापना गर्ने भन्दै ठगी बढ्न थालेपछि राष्ट्रिय मुक्त हलिया महासंघले छानबिन भइरहेको जनाएको छ। कतिपयले परिचयपत्रसमेत पाएका छैनन्। परिचयपत्र पाएकाले पनि कुनै सुविधा पाएका छैनन्।

हलिया पुनः स्थापना गर्ने भन्दै विभिन्न जिल्लामा समुह नै बनाएर रकम संकलन गर्न थालेपछि छानबिनका लागि पहल थालिएको राष्ट्रिय मुक्त हलिया महासंघका महासचिव पर्वत सुनार बताउँछन्। ‘हलिया पुर्नउत्थान कार्यक्रमको नाममा ठगी भएपछि छानबिन गरेर कानुनी दायरामा ल्याउन महासंघले आवश्यक निगरानी बढाएको छ,’ उनले थपे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार