
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिने बताएका छन्।आइतबार प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता अनुमोदन भएपछि उनले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्। उनले यसलाई राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन्।


‘अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे,’ उनले लेखेका छन्,’आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्।’
https://www.facebook.com/narayankaji.shrestha.33/posts/3127202937537240
उनले निरन्तर एमसीसीको विरोध गर्दै आएका थिए। यसअघि पनि सामाजिक सञ्जालमा यो निर्णयप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको उनले बताएका थिए। आज बिहानको पार्टीको छलफलमा पनि फरक मत राखेका थिए।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु