होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लिभरपुललाई लिग कपको उपाधि
समाचार

लिभरपुललाई लिग कपको उपाधि

  • नागरिक रैबार
लिभरपुललाई लिग कपको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीलाई आइतबार राति पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै लिभरपुलले लिग कपको उपाधि जितेको छ ।

लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित ९० र थपिएको ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो । पेनाल्टीमा पनि दुवै टिमको गरेर २१ प्रहार गोलमा परिणत भएको थियो ।

तर, गोलकिपर काओमहिन केलेहरले चेल्सीका गोलकिपर केपा एरिजाबालगाको प्रहार बचाइदिएपछि लिभरपुलले उपाधि जित्यो । चेल्सीले इडोवार्ड मेन्डीको स्थानमा केपा एरिजाबालगालाई मैदानमा पठाएको थियो ।

विज्ञापन

योसँगै लिभरपुलले एक दशकपछि घरेलु कपको उपाधि जित्न सफल भएको छ । पछिल्लोपटक लिभरपुलले २०११/१२ को सिजन उपाधि जितेको थियो । लिभरपुलले कीर्तिमानी नवौँपटक लिग कपको उपाधि जितेको हो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भर्जिल भान डाइक, ट्रेन्ड एलेक्जेन्डर–आर्नोल्ड, मोहम्मद सालाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलेहरले गोल गरेका थिए ।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे ।

निर्धारित समयको ६७औँ मिनेटमा लिभरपुलका माटिपले गोल गरेका थिए । तर, भिडियो सहायक रेफ्रीले उक्त गोललाई अफसाइड घोषित गरिदिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै