होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका कुन जिल्ला र स्थानीय तहको जनसंख्या कति ? (सूचीसहित)
समाचार

सुदूरपश्चिमका कुन जिल्ला र स्थानीय तहको जनसंख्या कति ? (सूचीसहित)

  • नागरिक रैबार
सुदूरपश्चिमका कुन जिल्ला र स्थानीय तहको जनसंख्या कति ? (सूचीसहित)

धनगढी : नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो।

०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो। यस्तै केन्द्रीय तथ्यांक विभागका अनुसार प्रदेशमा सबैभन्दा बढी जनसंख्या कैलाली र कम दार्चुलामा छ।

कैलालीको जनसंख्या ९ लाख ११ हजार १५५ पुगेको छ भने दार्चुलाको एक लाख २५ हजार ५६ छ। कैलाली, बाजुरा, दार्चुला र कञ्चनपुरमा २०६८ सालको जनगणना भन्दा जनसंख्या बढेको छ भने डडेल्धुरा, बैतडी, अछाम, बझाङ र डोटीमा जनसंख्या घटेको छ।

विज्ञापन

यस्तै स्थानीय तहमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा जनसंख्या छ भने कम बझाङको साइपाल गाउँपालिकामा छ। धनगढी उपमहानगरपालिकाको जनसंख्या २ लाख ४ हजार ७८८ पुगेको छ भने साइपाल गाउपालिकाको २ हजार ६८१ पुगेको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार