होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत
खेलकुद

सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत

काठमाडौं । विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति आयोजित प्रतियोगितामा मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।

उनी फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग पछि परेकी हुन् । गतवर्ष यूटीएमबी थाइल्याण्डमा पहिलो भएपछि विश्व च्याम्पियनसिपको मान्यता पाएको यो प्रतियोगितामा छनोट भएकी हुन्।

सुनमायाले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दोडमा सहभागिता जनाएकी थिइन्। त्यतिबेला उनी सातौं भएकी थिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै