होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरा जिल्ला अदालतका न्यायधिश घिमिरेको सरुवा
समाज

बाजुरा जिल्ला अदालतका न्यायधिश घिमिरेको सरुवा

  • नागरिक रैबार
बाजुरा जिल्ला अदालतका न्यायधिश घिमिरेको सरुवा

नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरा जिल्ला अदालतका माननीय न्यायधिश माधव प्रसाद घिमिरेको बाजुराबाट सरुवा भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेसंगै बाजुराका माननीय न्यायधिश घिमिरेको पनि सरुवा भएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले तीन वर्षभन्दा बढी समयदेखि विभिन्न जिल्लामा रहेका न्यायाधीशहरुको एकैपटक सरुवा गरेको हो ।

बाजुरा जिल्ला अदालतमा न्यायधिश घिमिरे विगत ३ बर्षदेखि कार्यरत रहेका थिए । बाजुरा जिल्ला अदालतमा रहेर घिमिरेले यहाँका नागरिकहरुलाई निस्पक्ष र स्वतन्त्र रुपमा न्याय दिलाउन सफल भएका थिए । घिमिरेको जिल्ला अदालत काठमाण्डौमा सरूवा भएको छ । न्यायधिश घिमिरे २०७६ सालमा बाजुरा जिल्ला अदालतमा आएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार