होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बुढीगंगामा आँखा उपचार केन्द्र स्थापना
स्वास्थ्य-जीवनशैली

बुढीगंगामा आँखा उपचार केन्द्र स्थापना

  • नागरिक रैबार
बुढीगंगामा आँखा उपचार केन्द्र स्थापना

नागरिक रैबार/बाजुरा ११ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले आँखा उपचार केन्द्रको स्थापना गरेको छ ।नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको ब्यबस्थापनमा बुढीगंगाले टाँटे स्वास्थ्य चौकीमा आजबाट संचालन हुने गरी आँखा उपचार केन्द्रको स्थापना गरेको हो ।

बुढीगंगाका साथै खप्तड क्षेडेदह, त्रिवेणी नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्रको स्थापना गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

नगर प्रमुख बानियाँले उक्त आँखा उपचार केन्द्रको आज एक औपचारीका कार्यक्रमका विच उद्धघाटन गरेका हुन् । उपचार केन्द्रमा अत्याधुनिक उपकरणको प्रयोग गर्दै आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया गरिने छ भने केन्द्रले समुदायमा आँखाको उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत सञ्चालन गर्ने छ ।

विज्ञापन

त्यस्तै आँखा उपचार केन्द्रको उद्धघाटन् नगरप्रमख बानियाँ र उपप्रमख माया खड्काको आँखा जाँच गरेर सेवा सूरु गरिएको थियो ।

No description available.

त्यस्तै केन्द्रको उद्धघाटन् समारोहमा सेवा नेपालका प्रसाद कडेलले आँखा उपचार केन्द्र स्थापना पछि उपचार केन्द्रले दिने सेवाको बारेमा ग्रामिण क्षेत्रका नागरिकलाई प्रचार प्रशारका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताएका छन् ।

गेटा आँखा अस्पतालका डाईरेक्टर डाक्टर सुरेशराज पन्तले टाटे स्वास्थ्य चौकी र गेटा आँखा अस्पतालले बिगतका बर्षहरूमा पटक पटम स्थापनाको लागि छलफल भएको थियो यो पटक स्थापना गर्न पाउँदा खुशी भएको बताएका छन् । उनले भने स्थापना गेटा आँखा अस्पतालले गरेको भए पनि संरक्षण नगरपालिकाको हो ।

May be an image of 15 people, outdoors and text that says 'REDMI NOTE QUAD CAMERA'

टेलि अफ्ला टेक्नोलोजि सहितको मेसिन जडान गरिएको अध्याधुनिक प्रबिधि सहितको मेसिन जडित कुराले गेटाबाट पनि यताको रिपोर्ट हर्न मिल्ने भएकोले सहज र सुलब सेवा पाउने विश्वास गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बुढीगंगा नगरपालिका ५ का वडा अध्यक्ष चक्र थापाको अध्यक्षता संचालन भएको कार्यक्रमको प्रमुख अथिति नगरप्रमुख रामबहादुर बानिया, विशिष्ट अतिथि नगर उपप्रमुख माया खड्का कुवर सम्पुणर् वडाका वडा अध्यक्ष राजनैतिक दलका प्रमुख प्रतिनिध लगाएन स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार