धनगढीः वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्युु भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षीय कडायतको सेति प्रादेशीक अस्पतालमा बुुधबार मृत्युु् भएको हो । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पु¥याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेति प्रादेशीक अस्पतालमा रिफर गरेको थियो ।
उनको मस्तिष्क घात का कारण मृत्युु भएको सेति प्रादेशीक अस्पतालले जानकारी दिएको हो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय रहेका थिए । उनको हालको बसाई गौरीगंगा नगरपालीका वडा नम्बर ९ बनवेडामा बस्तै आएका उनले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत चर्चित गीतमा आवाज दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु