होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
समाचार

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

  • नागरिक रैबार
कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् ।

पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा समेत भत्ता नपाएको भन्दै उनीहरुले असार १६ गतेसम्म भत्ता उपलब्ध नभए ओपीडी लगायतका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मीलाई सरकारले ६ महिनाको जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । संघीय सरकारले देशभरका स्वास्थ्यकर्मीलाई पारिश्रमिकको ५० प्रतिशत भत्ता उपलब्ध गराउने बताएको थियो ।

विज्ञापन

लुम्बिनी प्रदेश सरकारले पनि संघ सरकारले जस्तै प्रदेशमा महामारीको जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने घोषणा गरेका थियो ।

तर, अझै दुबै सरकारले स्वास्थ्यकर्मीहरुलाई भत्ता उपलब्ध नगराएकाले आन्दोलनमा उत्रिन लागेको संघर्ष समिति संयोजक गोपाल उपाध्यायले बताए । ०७८ वैशाखदेखि पुससम्म कोभिड महामारीमा खटिएको तर जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले यसअघि नै संघर्ष समिति गठन गरेका थिए । ‘हामीले आफ्नो ज्यान जोखिममा राखेर महामारीमा खट्यौं, काम गर्‍यौं, धेरै संक्रमितको ज्यान बचाउन सफल भयौं, तर सरकारले हामीलाई उपेक्षा गर्‍यो’, उपाध्यायले भने ।

अस्पताल प्रशासनका अनुसार भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले कोरोना महामारीमा काम गरेवापतको जोखिम भत्ता पाएका छैनन् । संघर्ष समितिका अध्यक्ष उपाध्यायका अनुासर २०७८ साउनदेखि पुससम्म भत्तावापतको एक करोड ४९ लाख ८० हजार रकम स्वास्थ्यकर्मीले पाउन बाँकी छ । २०७८ वैशाखदेखि असारसम्म तीन महिनाको भत्ता पनि उपलब्ध गराइएको छैन ।

संघर्ष समितिका सचिव जनकराज पन्तले महामारीमा जोखिम मोलेर काम गर्दासमेत सरकारले स्वास्थ्यकर्मीलाई बेवास्ता गरेको गुनासो गरे । अस्पतालका प्रवक्ता एवं मेडिकल अफिसर डा. िसद्धार्थ पाण्डेयले संघर्ष समितिमार्फत् प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको पनि ध्यानाकर्षण गराएको तर मागको सुनुवाइ नभएको बताए ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले अस्पतालका काठमाडौंमा स्वास्थ्य मन्त्रालयमै कर्मचारी पठाएर भत्ता उपलब्ध गराउन संघीय सरकारलाई र प्रदेश सरकारलाई पत्राचार गरिएको बताइन् ।

उनले अस्पताल जस्तो अत्यावश्यक सेवा र संवेदनशील क्षेत्रमा सेवा बन्द गर्ने काम नगर्न आग्रह गरिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै