होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एनआरटीले मलेसियामा टीवाईटी कप खेल्ने
समाचार

एनआरटीले मलेसियामा टीवाईटी कप खेल्ने

  • नागरिक रैबार
एनआरटीले मलेसियामा टीवाईटी कप खेल्ने

काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले तयारी राम्रो गरेको भन्दै जितको शुभकामनासहित टिमलाई बिदाइ गरेका छन् ।

मलेसियामा टीवाईटी कपमा दुई खेल खेलेपछि टोलीले थाईल्यान्डमा गएर ३ वटा मैत्रीपूर्ण खेल खेल्ने छ । टोलीले २८ जुनदेखि २ जुलाईसम्म मलेसियामा हुने टीवाइटी कपमा प्रतिस्पर्धा गर्नेछ ।

टीवाइटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग २ क्लब कारोसँग प्रतिस्पर्धा गर्नेछन् । एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङसँग प्रतिस्पर्धा गर्नेछ ।

विज्ञापन

लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्ने छ । पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट अर्थात नेपाली रुपैयाँ लगभग २ लाख ८५ पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट अर्थात नेपाली रुपैयाँ लगभग १ लाख ८२ हजार पुरस्कार जित्नेछ ।

एनआरटीले मलेसिया र थाइल्याण्ड भ्रमणकै लागि विभिन्न क्लबका ९ खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ ।

एनआरटीले समेटेको टोलीमा मछिन्द्रका विशाल श्रेष्ठ र रेजिन सुब्बा सँगै छिरिङ गुरुङ छन् । थ्री स्टारका सन्जोक राई, च्यासलका रुमेश बर्तौला, संकटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठ छन् ।

यस्तै नयाँ खेलाडीको रुपमा गोलरक्षक जि टोलो लुन्ड्री रहेका छन् । पुजन होना, दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई टोलीमा निरन्तरता दिदा राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ र एरिक विष्ट टोलीमा छैनन् ।

टोलीको प्रशिक्षण ‘ए’ लाइसेन्स प्राप्त युवा प्रशिक्षक जीवन सिन्केमानले सम्हालिरहेका छन् । उनले गत सिजन क्लबको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै