होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूर पहाडका लागि स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालयको काम अलपत्र
समाचार

सुदूर पहाडका लागि स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालयको काम अलपत्र

  • नागरिक रैबार
सुदूर पहाडका लागि स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालयको काम अलपत्र

बैतडीः बैतडीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालयको काम अलपत्र बनेको छ। जिल्लाको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालयको काम तीन वर्ष बित्दासमेत अघि बढ्न सकेको छैन। सुदूरपश्चिमका सात पहाडी जिल्लाका सडक वर्षा, पहिरो, हिमपात, हुरीबतासले अवरुद्ध भए तत्काल सफा गर्ने उद्देश्यसहित यान्त्रिक कार्यालय स्थापना गर्न लागिएको हो ।

सडक विभागले २०७६ सालको साउन महिनामा बैतडीको अनारखोलीमा रहेको सडक विभागको भवनमा यान्त्रिक कार्यालय स्थापना गर्न बुडरस्थित यान्त्रिक कार्यालयलाई परिपत्र गरेको थियो । सडक विभागले २२ जना कर्मचारी र मेसिन औजारसहित यान्त्रिक कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

कैलालीको अत्तरिया नजिकै गोदावरीस्थित हेवी इक्विपमेन्ट डिभिजन कार्यालय रहेको छ । डोटीको बुडरमा उस्तै प्रकृतिको सडक विभागको अर्को कार्यालय छ । पहाडी जिल्लाको पहुँचमा यान्त्रिक कार्यालय नहुँदा सडक अरुद्ध भए अत्तरिया र बुडरबाट पहाडी जिल्ला पुग्न एक दिन लाग्ने गरेको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यान्त्रिक कार्यालय स्थापनाका लागि आवश्यक पहल गर्ने बताए। वर्षा अगावै कार्यालय स्थापना हुन सके वर्षात्को समयमा यातायात तुरुन्तै सञ्चालन गर्न सहज हुने स्थानीय बताउँछन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार