होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग
समाचार

आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

  • नागरिक रैबार
आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो ।

नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो ।दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको आयोगले जनाएको छ । अब एक करोड ७७ लाख भन्दा बढी मतदाता कायम भएका छन् ।

आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन । आयोगले ७५३ वडा, र ७७ वटै पालिका निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ ।

विज्ञापन

२०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार