होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
राजनीति

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सचिवालयको नवौं अधिवेशन(हिउँदे) आजदेखि सुरु भएको छ। प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन गत असोज १५ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो। संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ।

अधिवशेनको पहिलो बैठकमा सांसदहरूले शुभकामना दिने र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, २०७८ सभामा टेवल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बताए।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले छवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ। प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले विधेयक तयार पारेको जनाइएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि