होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिँदै उनको रिहाइको माग अस्वीकार गरेको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेस गरी तारेखमा रहँदै मुद्दा लड्न अनुमति पाउन निवेदन दिएका […]
राजेन्द्र विक बाजुरा,२२साउन। स्थानीय सरकारको नेतृत्व सम्हालेर नागरिकको सेवा गरिसक्नुभएका बडिमालिका नगरपालिका, बाजुराका पुर्व मेयर पदम बडुवाल अहिले भने आफ्नै गाउँमा किसानको भूमिकामा रहनुभएको छ। नेपाली कांग्रेस बाजुराका उपसभापति समेत रहनुभएका बडुवालले मेयरको कार्यकाल सकिएपछि आफ्नो जन्मथलो बडिमालिका नगरपालिका वडा नम्बर ६, जडाङ्गामा भैंसीपालन व्यवसाय संञ्चालन गर्दै आउनुभएको छ। उहाँको यो भैंसी पालन यात्रा आत्मनिर्भरता […]
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले बडिमालिका जाने तीर्थयात्रीका लागि चिकित्सकसहितको टोली परिचालन गरेको छ। बडिमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ। यस वर्ष भाद्र शुक्लपक्ष चतुर्दशी साउन २२ गते परेकाे छ। साेकाे मध्यनजर गर्दै नगरपालिकाले पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको […]
काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ७ स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन्। प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा […]
काठमाडौँ । राष्ट्रिय महिला आयोगले मुलुकी फौजदारी कार्यविधि संहिता र मुलुकी अपराध संहितामा प्रस्तावित संशोधनविरुद्ध कडा आपत्ति जनाउँदै सरकारलाई तत्काल फिर्ता लिन आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै बहुविवाहजस्तो गम्भीर अपराधलाई केही विशेष परिस्थितिमा छुट दिने गरी कानुनी संशोधन अघि बढाउनु लोकतान्त्रिक मूल्य मान्यता, महिला अधिकार र सामाजिक न्याय प्रणालीविरुद्ध रहेको बताएको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाल अनुसार परीक्षा […]
फेसबुक प्रतिक्रियाहरु