डडेल्धुराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध डडेल्धुरामा पनि दिनहुँ विरोध प्रर्दशन चर्किँदै गएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा विभिन्न राजनीतिक दलहरूले एमसीसीको विरोध गरिरहेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी र कांग्रेस बीपीलगातका पार्टीले एमसीसीको विरोध गरेका छन्। जिल्ला सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म एमसीसीको विरुद्धमा चर्चा नारा लगाउँदै विरोध गरेका हुन्।
‘अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, राष्ट्रघाती सरकार मुर्दावाद, शेरे तेरो पाराले दुःख पाए साराले, प्रचण्ड तेरो पाराले दुःख पाए साराले, राष्ट्रघाती एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, गो ब्याक एमसीसी’लगायतका नारा लगाउँदै उनीहरू विरोध प्रदर्शन गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका सेती महकाली इञ्चार्ज तथा केन्द्रीय सदस्य ओम प्रकाश पुन, कांग्रेस बीपीका डडेल्धुरा संयोजक तिलक हमाललगायतका नेताहरूले र्यालीपछिको कोणसभालाई सम्बोधन गरेका थिए। कोणसभामा बोल्ने वक्ताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसलाई नेपालमा लागू गर्न नहुने बताएका थिए। दिनेश खबरबाट साभार
फेसबुक प्रतिक्रियाहरु