होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रहितविरुद्ध एमाले जाँदैन : ओली
समाचार

राष्ट्रहितविरुद्ध एमाले जाँदैन : ओली

  • नागरिक रैबार
राष्ट्रहितविरुद्ध एमाले जाँदैन : ओली

कपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टी बाहिर नजाने बताएका हुन् ।

‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौं,’ उनले भने, ‘संसद्मा सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने ? संसदमा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी ?’
अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वच्छेचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताए । ‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ । हाम्रो विधि कहाँ पुग्छ ?’ उनले प्रश्न गरे । अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याएको स्पष्ट पारे । ‘राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन । महाअभियोग निर्णायार्थ प्रस्तुत गर्न ल्याएको होइन,’ उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार