होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
समाचार

टीका किन लगाइन्छ ?

  • नागरिक रैबार
टीका किन लगाइन्छ ?

काठमाडौं । निधारको मध्यबिन्दुमा वा दुई आँखीभौंको बीचमा टीका लगाइन्छ । चाहे पूजाआजामा होस् वा दशैं जस्तो चाडपर्वमा, धार्मिक आस्थाको हिसाबले होस् वा सोह्र श्रृंगारमा । निधारमा टीका लगाउने प्रचलन छ ।

टीका किन लगाइन्छ ? सुन्दरताको लागि ? वा यसको अरु पनि अर्थ छ ?

वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

विज्ञापन

टीका किन लगाइन्छ ?

शैवतन्त्रमा के लेखिएको छ भने प्रत्येक व्यक्तिमा तीनवटा आँखा हुन्छ । दुईवटा भौतिक आँखा, जसले हामी सांसरिक दृश्य देख्छौं । त्यस्तै अर्को हुन्छ, आत्मिक आँखा । के मान्यता छ भने दुईवटा आँखीभौंको माझमा त्यो आँखा हुन्छ । यसलाई तेस्रो नेत्र वा ज्ञानचक्षु वा आज्ञाचक्र नामले पुकारिन्छ ।

हाम्रो सनातन संस्कृतिमा प्रत्येक पर्वमा टीका लगाउने प्रचलन छ । यसको सांकेतिक अर्थ भनेको तेस्रो आँखा खुलोस् भन्ने हो । टीका लगाउँदा होस् वा उपासना गर्ने क्रममा तेस्रो आँखा खुलोस् भनेर आशिर्वाद दिने चलन पनि छ ।

तेस्रो आँखा एकदमै संवेदनशील हुने भएकाले उनीहरूले सधैं निधारमा रातो टीका लगाउँछन् । रातो रंग शक्तिको प्रतीक पनि हो । महिला मात्र हैन, पुरुषहरूले पनि निधारमा कुमकुमको टीका लगाउने गर्छन् । टीका लगाउँदा तेस्रो आँखा सक्रिय होस् भनेर यो चलन चलेको हो ।

निधारमा नै किन लगाइन्छ ?

निधार शरीरको ‘देवस्थान’ हो, जसको अर्थ देवताहरूको वासस्थान हो । त्यसैले निधार खाली नराख्ने, कम्तीमा त्यसमा केही न केही लगाउनुपर्छ भनिन्छ । टीकालाई निधारमा लगाइन्छ जहाँ आज्ञाचक्र अवस्थित हुन्छ । आज्ञाको अर्थ- ‘बोध गर्नु’ वा ‘आदेश’को रूपमा, आज्ञाचक्र ‘अन्तरज्ञानको आँखा’को रूपमा मानिन्छ, जसको माध्यमले एक व्यक्तिले धेरै कुरा बुझ्न सक्छ । जुन भौतिक आँखाले देख्न सकिंदैन । त्यसैले त्यो आज्ञाचक्रलाई सक्रिय बनाउन निधारमा टीका लगाउने गरिन्छ ।

टीका के केको लगाइन्छ ?

टीका कुनै एक प्रकारको मात्र हुँदैन । धेरै प्रकारको हुन्छ र फरक-फरक विचार÷धर्मले यसलाई फरक तरिकाले लागू गर्छन् । अक्षता र कुमुकम, चन्दन, भस्म र विभूति लगायतका टीका लगाउने चलन छ ।

सबै प्रकारका टीकाको एउटै अर्थ छ कि फरक छ ?

सबै प्रकारका टीकाको एउटै अर्थ छैन फरक-फरक छ । चन्दनको टीका लगाउँदा शीतलता प्रवाह हुन्छ । चन्दन जब सुक्छ तब यसले आज्ञाचक्रमा दबाब दिन्छ । यसले आज्ञाचक्रमुनिको पिट्युटरी ग्रन्थि र पिनेल ग्रन्थिलाई उत्तेजित गर्छ, यो ग्रन्थिलाई मास्टर ग्रन्थि पनि भनिन्छ । साथै जब निधारमा चन्दनको टीका लगाइन्छ यसले हामीलाई थप सचेत, सतर्क बनाउँछ र शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

त्यस्तै कुमकुमको टीका लगाउने चलन पनि छ । कुमकुमले दिमागलाई फोकस गर्न, ऊर्जा भण्डारण गर्न र ऊर्जा जगाउन पनि मद्दत गर्छ ।

भस्म तथा विभूतिको पनि टीका लगाउने चलन लामो समयदेखि चल्दै आएको छ । भस्म तथा विभूति पवित्र अग्नि, होम र यज्ञबाट निस्केको खरानी हो । यज्ञ, होम, धुनी गर्दा जलाइएको जडिबुटी खरानीमा मिसिएको हुन्छ । त्यसैले जब भस्म वा विभूति लगाइन्छ यसबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

टीकाको रंगको पनि केही महत्त्व छ ?

टीका रंग समयअनुसार फरक-फरक लगाइन्छ । सेतो शान्तिका लागि, पहेंलो पितृ कार्यहरूमा, रातो र कालोलाई शक्तिको प्रतीकको रूपमा लिइन्छ ।

हिन्दू धर्ममा प्रायः रातो टीका लगाउने चलन छ । रातो रंग सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीक हो । सेतो टीका पनि धेरैले लगाउने गर्छन् त्यसको अर्थ शान्ति, सुख र आत्मीयताको प्रतीक हो ।

त्यस्तै अघोर साधकहरूले भैरव र कालीमाताको पूजा गर्दा कालो टीका पनि लगाउने गर्छन् । पितृ कार्यहरूमा पहेंलो टीका पनि लगाइन्छ, पहेंलो टीका आध्यात्मिकता र साधनाको प्रतीक हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार