, काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।
मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएपछि आलेले शुक्रबारको पोलिटब्युरो बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए।
जस अनुसरा उनले पार्टी अध्यक्षालाई राजीनामा पत्र बुझाइसकेका छन् ।
फेसबुक प्रतिक्रियाहरु