एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले बाइक र्दुघटनामा परि मृत्यू भएका बलराज बराल (सुनार) की श्रीमती जयन्ति कुमारी शाहीलाइ चालिस लाख सात हजार एक सय एकाउन्न रुपैंया मृत्युदावी रकम भुक्तानी गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स क. लिं. बाजुराबाट बाइक र्दुघटनामा परि मृत्यू भएका स्व. बल राज बराल (सुनार) की श्रीमती श्री जयन्ति कुमारी शाही लाइ ४०,०७,१५१ ( अक्षर रुपी रु. चालिस लाख सात हजार एक सय एकाउन्न ) रुपैंया मृत्यु दावी भुक्तानी गरिएको हो ।
उक्त मृत्युदावी भुक्तानी रकम बाम्का बजार ब्यबस्थापन समितीका अध्यक्ष एवं त्रिबेणी ९ का वडा सदस्य दिपक साँउदबाट एक औपचारिक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएको हो ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनिले मिती २०७८-०९-२३ गतेका दिन निज बल राज सुनारको बिमाङ्क रु.२०,००,०००/- ,बिमा अवधि १५ बर्षे र किस्ता रकम रु. १,४४,६२४ मात्र को एशियन सावधिक जीवन बिमा योजना भएको बिमालेख जारि गरिएको थियो करिब १ महिना नबित्दै स्व.श्री बल राज बरालको मिती २०७८-१०-२२ गतेका दिन बाइक र्दुघटनामा परि मृत्यू भएको हुनाले उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त मृत्यू दावी भक्तानीको औपचारिक कार्यक्रम उप शाखा प्रमुख श्री बिर बहादुर थापाले सञ्चालन गदै स्व. श्री बल राज बराल (सुनार) प्रति एशियन लाइफ इन्स्योरेन्स क. लिं.को तर्फबाट र ब्यक्तिगत तर्फबाट हार्दिक श्रद्वान्जली ब्यक्त गदै परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना ब्यक्त गर्नु भएको थियो ।
जीवन बिमा गर्दा बचत र बोनस (ब्याज) पाउनुका साथै जोखिम लागु भएको हुन्छ । र्दुघनामा परि मृत्यू भएमा बिमाङ्क रकमको दोब्बर र सो अवधि सम्मको बोनस, कालगती मृत्यू हुँदा बिमाङ्क रकम र सो अवधि सम्मको बोनस , र्दुघटनामा परि पूर्णरुपमा अंगभंग भएको अखण्डमा किस्ता रकम छुट बिमाङ्क रकमको १ प्रतिशत मासिक अपाङ्ग भत्ता बिमा अवधि सम्म अपाङ्ग ब्यक्ति जिवित रहेमा बिमाङ्क रकम र सो अवधि सम्मको बोनस पाउने ब्यबस्था उक्त योजनामा रहेको उप शाखा प्रमुख श्री बिर बहादुर थापाले बताउनु भएको थियो । उहाँले बिमा गर्नुभएका बिमितहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दै बिमा गरेका बिमितहरुलाइ निरन्तरता दिन हुन र जीवन बिमा नगरेकालाइ अनिबार्य रुपमा बिमा गर्नका लागी आग्रह गर्दै औपचारिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त औपचारिक कार्यक्रमको अध्यक्षता एशियन लाइफ इन्स्योरेन्स क.लिं. बाजुराको तल्लो एरियाका कर्मचारी जुनियर सहायक श्री पुर्ण ब. एडी ,प्रमुख अथिती बजार ब्यबस्थापन समितीका अध्यक्ष एवं त्रिबेणी न.पा. वडा नं ९ का वडा सदस्य श्री दिपक ब. साँउद , बिशिष्ट अथिती त्रिबेणी न.पा. वडा नं ८ का पुर्ब वडा अध्यक्ष श्री कर ब. साँउद , अथिती बुढीगंगा न.पा. वडा नं ६ का युवा नेतृत्व श्री धिरेन्द्र ब. बोहरा , भगत गिरी, छत्र थापा लगायत करिब ४० भन्दा बढी मानिसहरुको उपस्थिती रहेको थियो । र्दुघटना मृत्यू दावी रकम भुक्तानी कार्यक्रमा चेक हस्तातरण गरिसकेपछि प्रमुख अथति श्री दिपक ब. साँउद ज्यूले मन्तब्य राख्दै एशियन लाइफ इन्स्योरेन्स क.लि.लाइ धन्यबाद दिनुभएको थियो ।
दुःखमा पिडक तथा घर परिवारलाइ यसले गर्दा धेरै राहत भएकोले बिमा गर्दा दःखमा राहत हुने र नियमित बचत र बोनसका लागी भएपनी बिमा गर्न आवश्यक रहेकोले सबैलाइ बिमा गर्न आग्रह गर्नु भएको थियो । भने उक्त कार्यक्रमको समापन एशियन लाइफ इन्स्योरेन्स क.लिं. बाजुराको तल्लो एरियाका कर्मचारी उक्त कार्यक्रमका अध्यक्ष जुनियर सहायक श्री पुर्ण ब. ऐडीले गर्नुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु