बुढीनन्दाका नगर प्रमुख बाेहराले पदभार ग्रहणपछि गरेका ५ निर्णय यस्ता छन्
समाचार
बुढीनन्दाका नगर प्रमुख बाेहराले पदभार ग्रहणपछि गरेका ५ निर्णय यस्ता छन्
नागरिक रैबार
बिहिबार, जेष्ठ १२, २०७९
अ
अ
अ
नागरिक रैबार/बाजुरा १२ जेठ । बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बाेहराले नगरपालिकामा पदभार ग्रहण गरेसंगै नगरको विकासका लागि यस्ता लोकप्रिय निर्णय गरेका छन् ।
यि हुन् निर्णयहरु
१ प्रत्येक बर्श प्राबिधिक शिक्षा अध्यन यस नगर पालिका भित्रका कम्तिमा ५ जना हलिया,खलिया,जनजाती र मुस्लिम समुदायका बिर्धाथीहरु लाई प्रोत्साहन र सहुलियत दिन नगर प्रमुख छात्रवृत्ति कार्यक्रम सन्चालन गर्ने,
२ नगर्पलिका भित्रका गर्भवती तथा अन्य बिरामी हरुका लागि निशुल्क एम्बुलेन्स को सुबिधा उपलब्ध गराउने ,
३ यस नगरपालिका अन्तर्गतकाे प्राथमिक स्यास्थ्य केन्द्र काेल्टि लगायत अन्य सम्पुर्ण स्यास्थ्य सस्थाहरुको पुर्वाधार तथा व्यवस्थापनमा व्यापक सुधार ल्याउने ,
४ यस नगरपालिका क्षेत्र भरि देखिएको संचारको समस्या काेल्टि बजारमा रहेकोे खानेपानी तथा विधुतको समस्या लाई तत्कालै समाधानका लागि पहल गर्ने,
५ नगरबासीका विविध समस्या लाई सम्बोधन गर्नका लागी हेलो मेयर कार्यक्रम संचालन गर्ने
फेसबुक प्रतिक्रियाहरु