होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचनको दुई साता : बूढीगंगामा मतगणना गर्ने कि पुन: मतदान, आयोग नै अनिर्णित
समाचार

निर्वाचनको दुई साता : बूढीगंगामा मतगणना गर्ने कि पुन: मतदान, आयोग नै अनिर्णित

  • नागरिक रैबार
निर्वाचनको दुई साता : बूढीगंगामा मतगणना गर्ने कि पुन: मतदान, आयोग नै अनिर्णित

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने बताएका छन् । ‘माननीय आयुक्त सगुनशम्शेर जबराज्यू नेतृत्वको उच्चस्तरीय स्थलगत अध्ययन टोलीको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदन अध्ययन भइरहेको छ । आशा गरौँ, आयोगबाट चाँडै निर्णय हुन्छ’, जबराले भने ।

३० वैशाखमा निर्वाचन हुँदा एमालेले बुथ कब्जा गरेको कांग्रेस नेता, कार्यकर्ताहरूको आरोप छ । उनीहरू फेरि मतदानको पक्षमा छन् । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा छन् ।

विज्ञापन

दलहरूबीच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन । उदयपुरको त्रियुगा नगरपालिकामा भने आयोगले मतगणना गर्ने निर्णय गरेपछि मतगणना भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि