होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेता पौडेलको दुर्घटनामा परेर निधन
समाचार

नेता पौडेलको दुर्घटनामा परेर निधन

  • नागरिक रैबार
नेता पौडेलको दुर्घटनामा परेर निधन

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ । पौडेल हिजो फागुन १३ गते पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल भीरबाट खसेको भएपनि घटनाबारे तत्कालै कसैलाई खबर भएको थिएन ।

वाइसिएल जिल्ला नेता तिलक रुचालले दिएको जानकारीअनुसार अन्य कोही व्यक्ति उनीसँग नभएको हुँदा पौडेलका बारेमा हिजोदेखि कुनै खबर प्राप्त हुन सकेको थिएन । अहिले इन्सपेक्टर पदम थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । थापाले जनाए अनुसार, हिजो साँझ साढे पाँच बजेतिर पुतली बजारबाट पोखरा जाने क्रममा भालु पहाडको सडक बिस्तार भइरहेको खण्डमा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको हो । ‘कच्ची बाटो र पानी परेको बेला भएकोले सडक दुर्घटना नै देखिन्छ ।’ थापाले भने ।

प्रहरीले अहिले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको थापाले बताए । थापाका अनुसार, पौडेलको शव सडकबाट डेढ सय मिटर तल चट्टानमा अड्किएको अवस्थामा फेला परेको छ भने उनी चढेका बाइक त्योभन्दा ५० मिटर तल खसेको छ । पौडेल फेदीखोला गाउँपालिका निवास हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै