होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी
Breaking News

राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

  • नागरिक रैबार
राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

धनगढी — राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा १७५ र प्रदेश सभाका ५३ मतदाता रहेको सुदूरपश्चिममा कूल मतभार ५६४६ हो । त्यसमध्ये नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेकी शाहले कुल ३ हजार ८ सय ३४ मतभार प्राप्त गरेर विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोष कुमारी थापाले प्रदेशतर्फ एक हजार ७२८ मत पाएकी छन् ।

विज्ञापन

यस्तै माओवादी केन्द्रबाट उम्मेदवार रहेका जगत पार्की पनि विजयी भएका छन् । उनले पनि ३७६२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार नरेश विश्वकर्माले १७८२ मतभार प्राप्त गरेका छन् । यस्तै अन्य समूहतर्फ उम्मेदवार रहेको नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् उनले ३ हजार ७४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार डिल्लीराज भट्टले एक हजार ८६६ मतभार प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार