होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा मतदान सकियाे, आजै नतिजा आउने
समाचार

सुदूरपश्चिममा मतदान सकियाे, आजै नतिजा आउने

  • नागरिक रैबार
सुदूरपश्चिममा मतदान सकियाे, आजै नतिजा आउने

धनगढी । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएकाे मतदान सकिएकाे छ । धनगढीस्थित प्रदेशसभाकाे परिसरमा बिहान ९ बजेदेखि शुरू भएकाे मतदान सकिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेकाे जानकारी दिए । उनकाअनुसार अहिले मुचुल्का उठाउने काम भइरहेकाे छ भने मतगणना पनि बुधबार नै शुरु गर्ने तयारी छ ।

मतगणना पनि प्रदेशसभा परिसरभित्रै हुने भट्टले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।

विज्ञापन

गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्ताेषकुमारी शर्मा थापा उम्मेदवार छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार