होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन
समाचार

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन

  • नागरिक रैबार
जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन

मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।

सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए । धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रदर्शनकारीहरू माथि प्रहार गरेका थिए ।

यता झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको सो पार्टीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार