नागरिक रैबार/बाजुरा ९ मंसिर।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा खटिएका म्यादी प्रहरीको विदाई गरिएको छ । विहिबार जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीहरुलाई प्रमाणपत्र दिएर विदाई गरेको हो ।
बाजुरामा निर्वाचनको सुरक्षाका लागि ७ सय ४९ जना म्यादी प्रहरीहरु लाई भर्ना गरिएको थियो । मंसिर ४ गते निर्वाचन सम्पन्न पश्चात हिजो म्यादी प्रहरीलाई प्रमाण पत्र दिएर विदाई गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा प्रहरी कर्मचारी संगै खटीएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भय रहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण सहयोग गरेका थिए । निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुले ४० दिन बरावरको सेवा सुविधा पाएका छन् ।
फेसबुक प्रतिक्रियाहरु