होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियुले आजबाट बाजुरा अनिश्चितकालका लागि खुला गर्यो
समाचार

अनेरास्ववियुले आजबाट बाजुरा अनिश्चितकालका लागि खुला गर्यो

  • नागरिक रैबार
अनेरास्ववियुले आजबाट बाजुरा अनिश्चितकालका लागि खुला गर्यो

नागरिक रैबार/बाजुरा ९ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ का चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियु बाजुराले ४ दिनदेखि जारी गरेको बन्द आजबाट अनिश्चित कालका लागि खुल्ला गरिएको छ ।

अनेरास्ववियु बाजुराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ४ दिनदेखिको बन्द खुला गरेको जनाएकाे छ । अनेरास्ववियुले चेतनको विभत्स हत्याको तत्काल छानविन गरि अपाराधिक कार्यमा संलग्न रहेकाहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ ।

त्यस्तै आम हड्ताल केहिदिनका लागि खुला गरेको र चेतन हत्याको आन्दोलनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका अनेरास्ववियुका कार्यकर्ताहरुलाई रिहाई गर्न अनेरास्ववियुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञापन

चेतनका हत्याराहरुलाई पक्राउ नगरुन्जेलसम्म शान्तिपूणर् आन्दोलन र धर्ना जारी नै रहने अनेरास्ववियु बाजुराले विज्ञप्ति मार्फत जानकारी गराएको छ । चेतन हत्याको विषयलाई लिएर बाजुरा ४ दिनदेखि ठप्प बनेको थियो ।

बन्दका कारण जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, मार्तडी, कोल्टी, बाम्का र फालासेन बजार बन्द भएको थियो भने सवारी साधानहरु समेत संचालन हुन् सकेका थिएनन् ।अनेरास्ववियुले आज बन्द खुला गरेपछि सदरमुकाम मार्तडी, कोल्टी लगायतका बजारहरु खुलेका छन् भने यातायातका साधानहरु पनि संचालन भएका छन् ।
No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै