होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चौथो क्षेडेदह कप प्रतियोगिता हुँदै, विजेतालाई २ लाख ३३ हजार
समाचार

चौथो क्षेडेदह कप प्रतियोगिता हुँदै, विजेतालाई २ लाख ३३ हजार

  • नागरिक रैबार
चौथो क्षेडेदह कप प्रतियोगिता हुँदै, विजेतालाई २ लाख ३३ हजार

नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकामा यस वर्ष पनि दशैं तिहारको अवसरमा सर्वाधिक पुरस्कार धनरासीको चौथो क्षेडेदह कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

बाजुरा जिल्लाको शान र पहिचानका लागि क्षेडेदह गाउँपालिकाको आर्टिचौरमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन चौथो क्षेडेदह कप फुटवल प्रतियोगिताको आयोजना गरिन लागेको हो ।

दशैं तिहारको उपलक्ष्यमा क्षेडेदह स्पोट्र्स क्लवले विगत ४ वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्ष असोज २२ देखि २८ गतेसम्म आयोजना गरिन लागेको हो ।

विज्ञापन

सुदूरका पहाडमा आयोजना गरिने यो सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता हो । बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ चौथो क्षेडेदह कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको क्षेडेदह स्पोट्र्स क्लवले जनाएको छ ।

विगत ३ वर्ष देखि दशैं र तिहारको विचमा क्षेडेदह गाउँपालिकामा फुटवल प्रतियोगिता आयोजना गर्दै आएको क्लवले यस वर्ष पनि निरन्तरता दिएको खेल संयोजक तथा संरक्षक कृष्ण ओलीले बताएका छन् ।

प्रतियोगिताको बिजेताले नगद रु २,३३,३३३ र उप-बिजेताले १,२२,२२२ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट ५ बिद्यामा समेत आकर्षक पुरस्कारको ब्यवस्था गरिने क्लवका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

खेल मार्फत बाजुराको पर्यटन विकासमा टेवा पगाउने, खेल क्षेत्रमा नव प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीको पहिचान सहित खेलकुदको बिकास तथा खेलाडी उपादनका लागि क्लवले प्रत्येक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लवले जनाएको छ । चौथो क्षेडेदह कप फुटवल प्रतियोगिताका लागि विभिन्न तयारी भईरहेको क्लवले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार