होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रुपन्देही-२ मा विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनबाट को उठ्ला ?
समाचार

रुपन्देही-२ मा विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनबाट को उठ्ला ?

  • नागरिक रैबार
रुपन्देही-२ मा विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनबाट को उठ्ला ?

बुटवल । राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउँदै आएको रुपन्देही-२ को निर्वाचनलाई सधैं चासोका साथ हेरिन्छ । यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो ।

२०५४ सालयताका सबै चुनाव जितेको एमालेविरुद्ध यसपटक सत्तारुढ ५ दलसहित ६ दलको गठबन्धन बन्दैछ ।

यो क्षेत्र सत्तारुढ गठबन्धनमध्ये कुन दलको भागमा पर्छ भन्ने टुंगो लागेको छैन । तर गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले आफू उम्मेदवार बन्ने भन्दै टिकटका लागि लबिङसँगै चुनावी गृहकार्य गरिरहेका छन् ।

विज्ञापन

यो दौडमा एकीकृत समाजवादीका राजु गुरुङ सबैभन्दा अगाडि देखिएका छन् । गुरुङ पार्टीका प्रदेश कमिटी सचिव हुन् । आफू निकट कार्यकर्तामार्फत गुरुङले गठबन्धनको साझा उम्मेदवार भन्दै प्रचार थालेका छन् । गुरुङको यो हतारोप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार आकांक्षीहरुले भने असन्तुष्टि जनाएका छन् ।नेपाली कांग्रेसबाट नेता युवराज गिरी प्रमुख दावेदार छन् ।

यस्तै निजी अस्पताल, चाउचाउ, सुर्ति, हाउजिङ लगायतका उद्योगका सञ्चालक चुन्नु पौडेल, एन्फाका उपाध्यक्ष समेत रहेका व्यवसायी पृष्ठभूमिकै कुमार केसी पनि आकांक्षी छन् ।

२०७४ को चुनावमा टिकट पाएका गिरी एमालेका विष्णु पौडेलसँग २२ हजार मतान्तरले पराजित भएका थिए । कांग्रेसभित्र इमान्दार, वैचारिक र प्रखर वक्ताको छवि बनाएका गिरी पार्टीभित्र संस्थापन पक्षका नेता हुन् । पौडेल पनि गृहमन्त्री खाण निकट हुन् भने केसी संस्थापन इतरका र गृहमन्त्री खाण विरोधीका रुपमा समेत चिनिन्छन् ।

यो क्षेत्र कांग्रेसको भागमा परेको अवस्थामा गृहमन्त्री खाणले इच्छाएको व्यक्तिले नै टिकट पाउने कांग्रेस कार्यकर्ताहरु बताउँछन् । त्यसो हुँदा गिरीले पाउने सम्भावना बलियो छ । रुपन्देही २ मा कांग्रेसको संस्थापन इतर बलियो भए पनि प्रतिनिधिसभा सदस्य लड्ने ‘ठूलो’ नेता नहुँदा गुल्मीबाट चन्द्र भण्डारीलाई ल्याएर उम्मेदवार बनाउने तयारी पनि थियो । तर खाण तगारो बन्ने देखेपछि भण्डारी ब्याक भएको चर्चा छ ।

प्रमुख दावेदार गिरी आर्थिक हिसाबले कमजोर भएकाले टिकट हत्याउन पार्टीभित्र आर्थिक चलखेल भएर अरुले नै पाउने हुन् कि भन्ने डर देख्छन् । ‘राजनीति बाहेक मेरो अरु पेशा केही छैन, पैसाका कारण बाहेक मैले टिकट नपाउने कारणै छैन’, गिरीले भने, ‘अघिल्लो चुनावमा ६ कठ्ठा जग्गा बेचेर लडेको हो, अहिले त जग्गा पनि छैन, यदि राजनीति नै गरेको म भन्दा सिनियरले टिकट पाएमा मेरो समर्थन नै रहनेछ, अन्यथा बिना पैसा नै लड्ने हो ।’

गिरीले रुपन्देही २ कांग्रेसले नै पाउनुपर्ने कार्यकर्ताको दबाव रहेको तर्क गरे । ‘थोरै मत भएको पार्टीले दाबी गर्दा धेरै भोट भएका दलका मतदाता बिच्किने सबै मत नपाई चुनाव हार्ने डर हुन्छ’, गिरीले भने, ‘त्यसैले रुपन्देही २ कांग्रेसले छाड्न मिल्दैन ।’

माओवादीबाट पहाडी आकांक्षी

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य विनोद पहाडी पनि उम्मेदवारका आकांक्षी हुन् । उनले पनि कार्यकर्ता भेटघाट र छलफललाई निरन्तरता दिएका छन् । एकीकृत समाजवादीका राजु गुरुङले एमालेले जितेका क्षेत्रमा आफ्नो दलको स्वभाविक दावी हुने भएकाले आफू उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

नेकपा एमालेबाट भने उपाध्यक्ष विष्णु पौडेल नै उम्मेदवार हुने पक्का जस्तै छ । एमालेको बलियो संगठन, गठबन्धनभित्रको असन्तुष्टि र रुपन्देहीको विकासमा आफूले अघि सारेका विकास आयोजनाहरु हेरेर आफूले जित्नेमा पौडेल ढुक्क देखिएका छन् । पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरिसकेका छन् ।

०६४ मा माओवादीका भक्ति पाण्डे, ०७० मा डा. बाबुराम भट्टराई र ०७४ मा युवराज गिरीलाई उनले हराएका थिए । रुपन्देही-२ मा डा. निकोलस भुसालले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर उनको प्रभाव खासै नपर्ने दलहरुको दावी छ ।

क्षेत्र नं. २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन् । पौडेलको चुनाव क्षेत्रमा पर्ने २३ वडामध्ये यो स्थानीय चुनावमा एमालेले ६ वटा मात्र वडामा जितेको छ । कांग्रेसले ११ वडा जितेको छ ।

कांग्रेस निकट अग्रज पत्रकार महेन्द्र थापा स्थानीय निर्वाचनले संघ तथा प्रदेश चुनावको आकलन गर्न नसकिने बताउँछन् ।

प्रदेश सभामा गत निर्वाचनमा दुवै सिटमा एमालेका भोजप्रसाद श्रेष्ठ र लीला गिरी विजयी भएका थिए । गएको स्थानीय तहको चुनावको नतिजा अनुसार यहा एमाले भन्दा गठबन्धन ६ हजार बढी मतले अगाडि छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै