होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी
Breaking News

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको एउटा कार्यक्रममा उनीविरूद्ध नाराबाजी भएको छ। सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका थिए।

कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए।

उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवा: मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै