होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कल सेन्टरबारे अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आउँदै
समाचार

कल सेन्टरबारे अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आउँदै

  • नागरिक रैबार
कल सेन्टरबारे अनुसन्धानका लागि सीआईबीको टोली  बुटवल आउँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेसँगै थप अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आउँदै छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछका क्रममा रुपन्देहीमा सहायक कार्यालयमात्रै भएको तथ्य प्रकाशमा आएकाले मुख्य कार्यालय खोजीका लागि सो कार्यालयबाट नियन्त्रणका लिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्ने भएको हाे ।

यसका लागि सीआईबीको टोलीले थप अनुसन्धान गर्ने भएको प्रहरीको भनाइ छ । अहिले पक्राउ परेकाहरूले मौखिक जवाफ दिएकाले उनीहरुले भनेका कुराको प्रमाण पुष्टि गर्न कम्प्युटर र मोबाइलमा भएका तथ्य सही छन् कि गलत भन्ने बुझ्न केन्द्रीय अनुसन्धान टोली बुटवलमा बोलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी ठग बहादुर केसीले बताए ।

‘हामीलाई उनीहरूले बताएका कुरा कति सही, कति गलत भन्ने जान्न त्यहाँ रहेका कम्प्युटर र मोबाइल खोल्नु पर्छ । त्यसका लागि विशेषज्ञ टोली आउँदा सजिलो हुने भएकाले बोलाइएको हो,’ उनले भने । आइतबार पक्राउ परेकामध्ये मुख्य नाइके भारतीय नागरिक निरञ्जन कुमार हुन् । उनीसहित पक्राउ परेका अन्य ८ जना नेपालीलाई पनि जिल्ला अदालत रुपन्देहीमा पेस गरेर अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया सुरु गरिएको केसीले बताए ।

निरञ्जन कुमारले मुख्य कार्यालय चीनमा रहेको बताएको प्रहरीको भनाइ छ । रुपन्देहीमा खोलिएको उक्त कल सेन्टरबाट भारतीय नागरिकलाई ठगी गरेको पाइए पनि त्यस्तो ठगीबाट कति रकम संकलन भयो र उक्त रकम कसले लिएको छ भन्ने पत्ता लगाउन निकै सकस भइरहेको प्रहरीले जनाएको छ । सो कल सेन्टरमा २ सयभन्दा धेरै कर्मचारी रहे पनि उनीहरूको तलब बापतको रकम बाहेक अन्य कति रकम दैनिक उठ्यो भन्नेसमेत पत्ता लाग्न सकेको छैन । पक्राउ परेकाहरुले प्रहरीलाई चिनियाँको लगानीमा आफूहरुले काम गरेको बताए पनि उक्त कल सेन्टरको मुखिया को हो भन्ने पत्ता लाग्न सकेको छैन ।​

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै