होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले भने – एमाले हारेको छैन
समाचार

ओलीले भने – एमाले हारेको छैन

  • नागरिक रैबार
ओलीले भने – एमाले हारेको छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् ।बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताए ।

‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले भनेका थिए ।ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले पपुलर मत नघटेकाले हारेको भन्न नमिल्ने बताए ।

‘अलिकति हो सिट घटेको, पपुलर मत घटेको छैन । यसलाई हारेको भन्न मिल्दैन’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने ।एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको बताए ।

विज्ञापन

तर सत्ता गठबन्धनमा पाँचबाट बढेर सात दल पुगेको अध्यक्ष ओलीले बताएका थिए । त्यसका निम्ति आफ्नै गृहनगर दमकको उदाहरण उनले दिए । दमकमा एमालेविरुद्ध सत्तारुढ पाँच दलले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी सहकार्य गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै