नागरिक रैबार/बाजुरा,११ जेष्ठ। पेट्रोलियम पदार्थको मुल्य वृद्धि घटाउन माग गर्दै नेकपा एमाले बाजुराका भातृसंगठनहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत मन्त्री परिषद कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार अखिल नेपाल महिला संघ,नेपाल खेलकुद महासंघ, अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाजुराले संयुक्त ध्यानाकर्षण पत्र जारी गरी जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत बुझाएको नेपाल खेलकुद महासंघका सचिव लक्ष्मण रोकायाले बताएका छन् ।
प्रत्येक नागरिक प्रती राज्य र जवाफदेही मात्र होइन राज्य संचालनको जिम्मेवारी पाएको सरकार जनताको समस्या र सवालमा जानकार र जिम्मेवार हुनुपर्छ । तर परमादेशी सरकार जनजिवनका सवालमा गैर जिम्मेवार बनेको ध्यानाकर्षण पत्रमा आरोप लगाएको छ ।
जनतालाई परेको संकट र भोग्नु परेको समस्यामा सहयोगी बन्नुको साँटो उल्टै ढाँडनै सक्ने गरी महँगी र कृत्रिम अभाव सिर्जना गरेर गैर जिम्मेवारी बनेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु