होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • गठबन्धनलाई हराउँदै एमाले विजयी
समाज

गठबन्धनलाई हराउँदै एमाले विजयी

  • नागरिक रैबार
गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् ।

एमालेका खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरे ।

गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए । गिरी पूर्व सांसद समेत हुन् ।

विज्ञापन

यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

रानाले मतपरिणाम आउनु अगावै हार्ने निश्चित भएपछि नेकपा एकीकृत समाजवादीको जिल्ला इन्चार्जबाट राजीनामा दिएका थिए ।

तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जितेका छन् । तुलसीपुरमा ७३ हजार मत खसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि