होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेस खप्तड क्षेडेदहका सभापति रावतले दिए राजीनामा
बाजुरा बिशेष

काँग्रेस खप्तड क्षेडेदहका सभापति रावतले दिए राजीनामा

  • नागरिक रैबार
काँग्रेस खप्तड क्षेडेदहका सभापति रावतले दिए राजीनामा

नागरिक रैबार/बाजुरा १२ बैशाख । नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतले पदबाट राजीनामा दिएका छन् । पार्टी जिल्ला नेतृत्वले टिकट वितरणमा गुटगत निणर्य गरेको आरोप सहीत सभापति पदमा नबस्ने विज्ञप्ती सहीत राजीनामा दिएका हुन् ।

खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहेका रावतले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा सहीत पदबाट राजीनामा दिएका विज्ञप्ति मार्फत जनाएका छन् ।नेपाली काँग्रेसले खप्तड छेडेदहमा पार्टी सभापति रामसिंह रावल निकट मानिएका खडक बुढालाई अध्यक्षमा र विसुदेवी नाथलाई उपाध्यक्षमा टिकट दिएको छ ।

बुढा केही दिन पहिलेसम्म आधारभुत तहको शिक्षक पेशामा आवद्ध हुन्, भने नाथ सामुदायिक अध्ययन केन्द्र आटीचौरको सहजकर्तामा कार्यरत थिइन् । काँग्रेस जिल्ला अधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिएर पराजित बनेकी थिइन् ।

विज्ञापन

पार्टी विधि, विधानमा नचलेको र एकल नेतृत्वको निर्देशनमा चल्ने गरेको आरोप सहीत पार्टी सभापति रावतले आक्रोश समेत पोखेका छन् । निष्ठाको राजनीति र विधी विधानको संगठन माथि नै प्रहार भएको आरोप रावतको छ । ७ वटा वडा मध्ये अधिकांशमा देउवा पक्ष बाहेकलाई टिकट दिइएको छ । यस्तै अध्यक्षका उम्मेदवार मिनबहादुर धामीले पनि टिकट वितरणमा असन्तुष्टी जनाउँदै स्वतन्त्र बस्नु पर्ने अवस्था आएको सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् ।

वर्तमान अध्यक्ष नरबहादुर रावत, मिनबहादुर धामी लगायतका नेताहरुलाई पाखा लगाएर शिक्षक पेशा छोडेको महिना दिन नपुगेको व्यक्तिलाई टिकट दिएकोमा देउवा पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

काँग्रेसमा देउवा पक्षको बर्जश्व मानिएको खप्तड छेडेदहमा फरक गुटका व्यक्तिलाई टिकट दिएपछि देउवा पक्षधरहरु असन्तुष्ट देखिएका छन् । नेपाली काँग्रेस बाजुराले खप्तड छेडेदहको वडा अध्यक्षमा १ मा वीरबहादुर रावल, २ मा भक्त बुढालाई टिकट दिएको छ ।

यस्तै ३ मा विर्ख बहादुर रावत, रुपेश धामी, ५ मा जितबहादुर रावत, ६ मा हर्क विष्ट र ७ मा धनबहादुर बुढालाई टिकट दिएको हो । सर्वसम्मत बनेका १ र ७ बाहेक सबैमा जिल्ला पार्टी सभापति रामसिंह रावल निकटलाई नै अध्यक्षको उम्मेदवार बनाइएको छ ।

नगरपालिकामा देउवा पक्षले प्रदेशबाट एकलौटी निणर्य सहीत प्रमुख पदमा उम्मेदवार बनाएपछि जिल्लाबाट रामसिंह रावल समूहले वडा अध्यक्ष र पालिका अध्यक्ष उपाध्यक्षमा आफू निकटलाई टिकट दिएको छ । पालिका तहमा अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्षमा काँग्रेस भित्र व्यापक असन्तुष्टी बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै